वीरगन्जको नारायणी अस्पतालमा अहिले कोरोना वार्ड खाली



कृष्णमोहन साह
वीरगन्ज,४ भाद्र ।
वीरगन्जको नारायणी अस्पतालमा अहिले कोरोना वार्ड खाली भएको छ । पर्सामा केहि हप्ता यता देखि संक्रमण निक्कै कम भएको र संक्रमण पुष्टि भएकाहरु पनि अस्पतालमा नआइ होम आइशोलेसनमै बसेकाले केही दिन देखि अस्पतालको कोरोना वार्ड खाली रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटन्डेन्ट डाक्टर वीरेन्द्र बहादुर प्रधानले बताउनुभयो ।

नारायणी अस्पतालमा अहिले ३० शैयाको कोरोना वार्ड छ । अस्पतालले आवश्यक परेको खण्डमा अझै शैया थप गर्न सक्ने जनाउदै आएको छ । संभावित तेश्रो लहरको समेत ख्याल गर्दै सबै तयारी चुस्त राखिएको पनि डाक्टर प्रधानले बताउनुभयो ।

नारायणी अस्पतालमा अहिले दैनिक कम्तीमा २० देखि बढीमा एकसय जनासम्मको कोरोना परिक्षण हुदै आइरहेको भएपनि संक्रमितहरुको संख्या न्यून रहेपनि स्वास्थ्यको मापदण्ड भने पालना गर्न आवश्यक नै रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
यसैबीच वीरगन्जमा पछिल्लो पटक गरिएको पीसीआर परिक्षणमा १ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गएराति २९ जनाको पीसीआर परिक्षण गर्दा पर्साका ५४ बर्षीय पुरुषमा मात्रै संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

यसअघि अस्तिराति ५३ जनाको पिसिआर गर्दा ४ जनामा संक्रमण पुष्टी भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान