नेपाल रेडक्रस सोसाईटी पोखरीया उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिला सहित ५८ जनाद्वरा रक्तदान
वीरगन्ज,४ भाद्र । पर्साको पोखरियामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी पोखरीया उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिला सहित ५८ जनाले रक्तदान गरेका छन् । रेडक्रस सोसाईटी पोखरिया उपशाखाका सभापती भगवान प्रसाद कुर्मीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारले गर्नु भएको थियो । रक्तदान कार्यक्रममा पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खानुत, सँबिधानसभा सदस्यहरु प्रधुमन प्रसाद चौहान र रामेशवर प्रसाद रौनियार, समाजसेवी गोरख साह कानु, शसस्त्र प्रहरी निरिक्षक बीरेन्द्र कुमार सेन लगायतको पनि उपस्थिति रहेको थियो ।