ओलीलाई अल्टिमेटम दिएका नेताहरु बालकोटमा



 

काठमाडौं,७ भाद्र । १०बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु बालकोट पुगेका हुन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका उनीहरुले भोलि निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नयाँ पार्टीका नेताहरुले सनाखत गर्नुअघि नै २७ असारमा भएको १०बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेका छन् ।

अध्यक्ष ओली पक्षका नेताहरुले भने १० बुँदे कार्यान्वयनमा गइसकेको बताएका छन् ।शौ— अनलाइनखबर


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल