बडनिहार बजारमा यसाली श्रीकृष्ण जन्माष्टमी मेला नलगाउने निर्णय
प्रमोद यादव
पर्सा,७ भाद्र । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडिया बडनिहार बजारमा यसाली श्रीकृष्ण जन्माष्टमी मेला नलाग्ने भएको छ । यसवर्ष कृष्ण जन्माष्टमी पर्ब भदौ १४ गते परेको छ । तर कोरोना भाइरस संक्रमणको जोखीम कायमै रहेका कारण यसवर्षको जन्माष्टमीका दिन बडनिहार बजारमा मेला नलाग्ने भएको हो । पर्सागढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उद्घब बहादुर उप्रेतीको अध्यक्षतामा आज बिहान बसेको स्थानीय अगुवाहरुको भेलाले मेला नलगाउने निर्णय गरेको हो ।भेलाले कोरोनाको अझै पनि उच्च जोखिम रहेको कारण मन्दिरमा सामान्य पुजापाठ बाहेक अन्य भिड भाड तथा मेला लाग्न नदिने निर्णय गरेको बड्निहार बजार व्यवस्थापन समितीका अध्यक्ष टंक बहादुर क्षेत्रीले बताउनुभयो ।पकडिया बडनिहार बजारमा बिगत ४० बर्ष देखि कृष्ण जन्माष्टमीको मेला लाग्दै आएको भएपनि गत बर्ष पनि कोरोना महामारीका कारण मेला लागेको थिएन । आजको भेलामा वडा सदस्य अरुण प्रकाश रेग्मी ,रामजिवन थारु , समाजसेबि सुकमान तमाङ , गोकर्ण पाठक , मोहन चौधरी लगायतको सहभागीता रहेको थियो ।