पर्सामा सरकारी बजेटबाट प्रवेशद्धार बनाउन संसदहरु बिच होडबाजी



वीरगन्ज,९ भाद्र । पर्सामा सरकारी बजेटबाट प्रवेशद्धार बनाउन संसदहरु बिच होडबाजी चलेको छ । अनुत्पादक क्षेत्रमा सरकारी बजेट खर्च गरिदा त्यसको प्रत्यक्ष लाभ जनताले नपाउने भएपनि सांसदहरुले आ आफनो निर्वाचन क्षेत्रमा प्रवेशद्धार बनाउन होडबाजी गरेका हुन् । जिल्ला समन्वय समिति पर्साको तथ्यांक अनुसार , पर्साका संघ र प्रदेशका सांसदहरूले आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७७÷७८ सम्ममा स्थायी र अस्थायी प्रवेशद्वार निर्माणमै करिब डेढ करोड रुपैया बजेट खर्च गरेका छन् ।

पर्साका संघीय सांसदहरूले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत आ आफनो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न स्थानमा गरी ९२ लाख ५० हजार रुपैयाँ प्रवेशद्वार निर्माणमा खर्च गरेका छन्  ।यस्तै प्रदेश सांसदहरूले पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत प्रवेशद्धार निर्माणमा ४४ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् ।

पर्सा जिल्लामा कुल ४ वटा संसदीय क्षेत्र रहेकोमा आर्थिक वर्ष २०७५÷०७६ मा क्षेत्र नं १ का सांसद प्रदीपकुमार यादवले आफनो निर्वाचन क्षेत्रमा प्रवेशद्वार निर्माणमा १० लाख रुपैयाँ खर्च गर्नु भएको थियो । त्यहि वर्ष क्षेत्र नंबर ४ का सांसद लक्ष्मणलाल कर्णले अधुरो गेट निर्माण र अधुरो सडक निर्माण शीर्षकमा १० लाख रुपैयाँ खर्च गर्नु भएको थियो

।यस्तै आर्थिक वर्ष २०७६÷७७ मा फेरि क्षेत्र नंबर १ कै सांसद यादवले विभिन्न स्थानमा प्रवेशद्वार निर्माणमा २२ लाख रुपैया र क्षेत्र नंबर २ का सांसद श्रीवास्तवले चापाकल जडान योजनालाई संशोधन गरी प्रवेशद्वार निर्माणमा ३१ लाख ५० हजार रुपैयाँ खर्च गर्नु भएको छ । यस्तै गत आर्थिक वर्ष २०७७÷०७८ मा क्षेत्र नंबर १ का सांसद यादवले अधुरो प्रवेशद्वार निर्माण शीर्षकमा ९ लाख रुपैयाँ बजेट खर्च गर्नु भएको छ । यस्तै प्रदेशसभा सांसद राजेश्वरप्रसाद साहले आर्थिक वर्ष २०७५÷७६ र आर्थिक वर्ष २०७७÷०७८ मा गरी २ आर्थिक वर्षमा प्रवेशद्वार निर्माणमा १२ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरेको जिल्ला समन्वय समितिको तथ्यांक छ ।

अर्का प्रदेशसभा सांसद अबदुर रहिम अन्सारीले पनि आर्थिक र्वा २०७७÷०७८ मा १५ लाख रुपैयाँ र प्रदेशसभा सांसद अन्जुकुमारी यादवले आर्थिकवर्ष २०७६÷०७७ र गत आर्थिक वर्ष २०७७÷०७८ मा गरि १० लाख रुपैयाँ प्रवेशद्वार बनाउन खर्च गर्नु भएको छ ।जिल्ला समन्वय समितीका सूचना अधिकारी नरेन्द्रप्रसाद यादवले सांसदहरूले आ आफनो निर्वाचन क्षेत्रमा विकास निर्माणका योजनाको संशोधन सम्मको अधिकार पाएकोले योजा संशोधन गरि प्रवेशद्धारमा खर्च गर्ने गरेको पायएको बताउनुभयो ।

जिल्ला पूर्वाधार कार्यालयका सूचना अधिकारी दीपककुमार मिश्रले प्रदेशसभा सांसदहरूले गर्न चाहेको विकास निर्माणको काममा कार्यालयबाट आवश्यक सहजीकरणको काम मात्र हुने गरेको बताउनुभयो । विगतमा जिल्लामा चलन नै नरहेको यस्तो प्रवेशद्वार निर्माणको होडबाजीमा पालिकाहरु पनि लागिपरेका छन्न्।

अहिले थुप्रै पालिकामा वडास्तरमै प्रवेशद्वार निर्माण भएको देखिन्छ । संघीय सांसद श्रीवास्तवले आफूले स्थानीयस्तरबाटै माग आएपछि प्रवेशद्वार निर्माणमा बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रदेशसभा सांसद अञ्जुकुमारी यादवले स्थानीयको माग नभई प्रवेशद्वार निर्माण गर्ने सवालै नउठ्ने बताउनुभयो  ।सामाजिक अभियन्ता प्रकाश थारूले जनताका मुख्य आवश्यकतामा केन्द्रित भएर सांसदले बजेट खर्च गर्नुपर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण