दल दर्ताका लागि सनाखत गर्न नेताहरू निर्वाचन आयोग पुग्दा (तस्बिरहरू)
काठमाण्डौ९ भाद्र । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका दल दर्ताका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् । अहिले दुवै दल दर्ताका लागि सनाखत गर्ने काम भइरहेको छ । अस्ति (सोमवार) देखि चन्द्रागिरि रिसोर्टमा बसेका नेकपा एकीकृत समाजवादीका नेताहरु सिधै निर्वाचन आयोग पुगेका हुन् । सनाखतको लागि दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ ।सनाखतपछि दल दर्ता प्रक्रिया आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी गरेको छ ।शौ— उज्यालो
