पर्सामा अबैद्य बित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा दुईजनालाई पक्राउ
वीरगन्ज,१३ भाद्र । जिल्ला प्रहरी कार्यालय पर्साले अबैद्य बित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । हिजो बेलुका ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बाट दुईजना ब्यक्तिलाइ पक्राउ गरेको हो ।
भारतीय नागरिक ४५ बर्षीय बृजकिशोर गिरी सहित पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ गुलरियाका ५० बर्यीय रामपुकार पटेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट श्रोत खुःल्न नसकेको दश लाख त्रिसठ्ठी हजार छ सय बिस रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
उनीहरुका बिषयमा थप अनुसंधान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ । उनीहलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पनि पर्सा प्रहरीले जानकारी दिएको छ ।