गाउँपालिका अध्यक्षद्वारा संचारकर्मीलाई कुटपिट
वीरगन्ज,१३ भाद्र । बाराको सिम्रौनगढमा रहेको रेडियो बादलका संचालक तथा नेपाल पत्रकार महासंघ बाराको जिल्ला सदस्य समेत रहेका संचारकर्मी नुर आलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अन्सारीले कुटपिट गरेको पीडित संचारकर्मी बादशाहले नै बताउनुभएको छ ।
हिजो बेलुकातिर समाचार समाचार संकलन गर्न आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहा गएको समयमा गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी र उनका मान्छेहरुले आफूलाई ज्यान मार्ने उद्देश्यले अध्यक्षको कार्यकक्षमा बोलाई निर्घात कुटपिट गरेको आरोप लगाउनुभएको छ ।
कुटपिटबाट घाइते भएका बादसाहको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । यद्यपी आर्दशकोतवाल गाउँपालिकाका अध्यक्ष अंसारीले भने अपाmूले कुनै कुनपिट नगरेको बरु बादशाहकै भाइ समेत रहेका गाउँपालिकाकाका एम्बुलेन्स चालकबीच विवाद भएपछि आफूले मिलाउने मात्रै प्रयास गरेको बताउनुभयो ।
आज पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले बिज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गर्नुभएको छ ।