प्रधानमन्त्रीद्वारा फोहोर व्यवस्थापन गर्न निर्देशन



काठमाडौं, १४ भदौ

प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकामा थुप्रिएको फोहोर उठाउन निर्देशन दिएका छन् ।

उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई जतिसक्दो चाँडो उपत्यकाको फोहोर उठाउन निर्देशन दिएका हुन् । उनले अरू निकायसँग समन्वय गरेर फोहोर व्यवस्थापन गर्न निर्देशन दिए ।

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई काठमाडौंको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने माग राखेर पत्रसमेत दिएका छन् ।

Tags :

प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
मतदाता नामावली सङ्कलन आजदेखी सुरु
विद्यालयमा सबै कर्मचारी एकै परिवारका
प्रदेश र प्रतिनिधिसभा चुनाव आगामी मंसिरमा हुने : प्रचण्ड