वीरगन्जको ड्राइपोर्ट चोकमा ग्याँस बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु
क्रान्ति साह
वीरगन्ज,१५ भाद्र । वीरगन्जमा आज दिउसो एलपिजी ग्याँस बोकेको बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
बीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा पर्ने ड्राइपोर्ट बहुअरी चोकमा , एलपिजी ग्याँस बोकेको एनएल ०१ एबी ४३७३ नम्बरको बुलेटले साइकलमा सवार पर्साको बहुरमाई नगरपालिका वडा नम्बर २ निवासी ३० बर्षिय लालबाबु साह तेलीलाई ठक्कर दिदां उनको घटना स्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवत्तःा प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
वीरगन्जको अलौं सिर्सिया स्थित एकीकृत भन्सार जाच चौकी आइसीपीबाट वीरगन्जको पावरहाउस चोक तर्फ आउदै गरेको ग्याँस बुलेटले बहुदरमाई नगरपालिकाबाट बीरगन्ज आउदै गरेका साइकलयात्री साहलाई ठक्कर दिएको थियो । ठक्कर दिने ग्याँस बुलेट र त्यसका चालक भारतको मुजफरपुर घर भएका २६ वर्षिय ललन कुमार रायलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।