वैशाख देखि भदौ दोस्रो साता सम्ममा नेपालमा १ सय ८७ जनाको मृत्यु
वीरगन्ज,१५ भाद्र । बाढी पहिरो लगायत विपद्का घटनामा परि गत वैशाख देखि भदौ दोस्रो साता सम्ममा नेपालमा १ सय ८७ जनाको मृत्यु भएको छ । त्यस्तै, ३८ जना वेपत्ता छन् भने २ हजार ५८ परिवार प्रभावित भएका छन् ।
गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन विभागको पछिल्लो तथ्याङक अनुसार २०७८ साल वैशाख १ गते यता बाढी पहिरोबाट ८३ जना, चट्याङबाट ४२ जना, अविरल बर्षाका कारण १० जना तथा जनावरको आक्रमणबाट २० जनाको मृत्यु भएको छ । त्यस्तै, सर्पदंशबाट १५ र आगलागीबाट १३ जनाको ज्यान गएको छ ।
विभागका अनुसार यो अवधिमा विपद्का १ हजार ५ सय ९३ वटा घटना भएका छन् । ती घटनाबाट ९४ करोड १४ लाख रुपैया भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।