सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु बीच आज बिहान भएको छलफल विना निष्कर्ष टुङ्गिएयो



वीरगन्ज,१५ भाद्र । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु बीच आज बिहान भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । आज बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालय बारे टुङ्गो लगाउने बारे छलफल भएपनि निर्णय भने नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच आजै फेरि छलफल हुने सम्भावना छ । आज बेलुकासम्ममा टुङ्गो लगाएर भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी छ । माधव नेपाल समूहको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भए पनि सहमति जुट्न नसक्दा ढिलाइ भइरहेको छ ।

गठबन्धनमा रहेका दलहरुबीच शुक्रवार यता दिनहुँजसो छलफल भइरहे पनि मन्त्रालय भागबण्डामा कुरा मिलेको छैन । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले डेढ महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध सत्ता गठबन्धन दलमा कसलाई कुन र कति मन्त्रालय दिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल
मतदाता नामावली सङ्कलन आजदेखी सुरु
प्रदेश र प्रतिनिधिसभा चुनाव आगामी मंसिरमा हुने : प्रचण्ड