श्रीलंकामा खाद्य आपतकाल घोषणा, आपूर्तिमा समन्वय गर्न सेना परिचालन



एजेन्सी ,१५ भाद्र । कोरोना संक्रमणको चपेटामा परेको श्रीलंकाले खाद्यान्न अभावको कारण आपतकाल घोषणा गरेको छ । विदेशी मुद्रा संकट बढ्दै गएपछि खाद्य आपतकाल घोषणा गरिएको हो ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले देश कठिन आर्थिक संकटमा परेको बेला आवश्यक खाद्य पदार्थहरूको भण्डारण रोक्न आदेश दिनुभएको छ । उहाँले आपतकालीन अवस्थाको लागि चिनी, चामल र अन्य आवश्यक खाद्य पदार्थहरूको भण्डारण रोक्न आदेश दिनुभएको हो ।
व्यापारीहरुद्वारा राखिएको खाद्य स्टक कब्जा गर्न, आवश्यक खाद्य पदार्थहरू जम्मा गर्नेलाई गिरफ्तार गर्न र नियन्त्रित मूल्यहरू तय गर्न भनिएको छ । उपभोग्य वस्तुहरूको आपूर्तिमा समन्वय गर्न राजापाक्षेले एक उच्च सैन्य अधिकारीलाई आवश्यक सेवाहरूको कमिश्नर जनरल नियुक्त गर्नुभएको छ ।
यो कदमले चिनी, चामल, प्याज र आलुको मूल्यमा भारी वृद्धि भएको छ भने दुधको पाउडर, केरोसिन तेल र खाना पकाउने ग्यासको अभावका कारण स्टोरहरू बाहिर लामो लाइन लागेको छ । केहि व्यापारीहरूले खाद्यान्न मौज्दात राख्दा खाद्य वस्तुहरूको अभावले जनतालाई असुविधा पैदा भएको जनाइएको छ ।
कोरोना महामारीको कारण सन् २०२० मा अर्थव्यवस्था ३ दशमलब ६ प्रतिशतले संकुचित भएको थियो । जसका कारण गत वर्ष मार्चमा सरकारले विदेशी मुद्रा बचाउनका लागि खाद्य तेल र बेसारलगायतका खानामा प्रयोग हुने अत्यावश्यक मसलासहित सवारी साधन र अन्य वस्तुहरुको आयात प्रतिबन्ध लगाएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
मतदाता नामावली सङ्कलन आजदेखी सुरु
विद्यालयमा सबै कर्मचारी एकै परिवारका
प्रदेश र प्रतिनिधिसभा चुनाव आगामी मंसिरमा हुने : प्रचण्ड