बस दुर्घटना हुँदा पेरुमा ३२ जनाको मृत्यु
एजेन्सी ,१६ भाद्र । बस दुर्घटना हुँदा पेरुमा दुई बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।पेरुको राजधानी लीमाबाट ६० किलोमिटर पुर्व कारेटेराको साँघुरो सडकमा गुडिरहेको बस चट्टानमा ठोकिंएर २ सय मिटर तल खसेको बताइएको छ ।
६३ जना यात्रु सवार उक्त बस दुर्घटना लगत्तै केहीलाई उद्धार गरिएको थियो । तेज गतीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।