वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा
काठमाडौ, ,१६ भाद्र । वागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले १५ दिन नपुग्दै राजीनामा दिनु भएको छ । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन मन्त्री नियुक्त हुनुभएका खनालले नेकपा एमाले छाडेको भोलिपल्ट राजीनामा दिनु भएको हो । खनालले हिजोमात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका थिए ।
उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ । चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । अब वागमती सरकारमा मुख्यमन्त्री र आन्तरिक मामिलामन्त्री केशव पाण्डे छन् ।
एमाले विभाजनसँगै सरकार अल्पमतमा परेको छ । राजीनामापछि नेपाल प्रेससँग कुरा गर्दै खनालले फरक पार्टीको भएकोले मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर राजीनामा दिएको प्रतिक्रिया दिनु भएको छ ।
मन्त्री बन्दा पनि मुख्यमन्त्री शाक्यलाई आपूmले माधव नेपालको पार्टी छाड्न नसक्ने जानकारी गराएको उहाँले बताउनुभयो ।