वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको श्रावण महिनामा लक्ष्य भन्दा बढी राजश्व असुल गर्न सफल



वीरगन्ज,१६ भाद्र । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको श्रावण महिनामा लक्ष्य भन्दा बढी राजश्व असुल गर्न सफल भएको छ। चालु आर्थिक बर्षको पहिलो महिना साउनमा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी अथात् १४ अर्ब, ८४ करोड, ५८ लाख,२८ हजार राजश्व संलन गरेको छ ।

भन्सार बिभागले वीरगन्ज भन्सार कार्यालयलाई साउन महिनाका लागि ११ अर्ब,८२ करोड,७५ लाख ५ हजार राजश्व संकलनका लागि लक्ष्य दिएकोमा उसले चालु आर्थिक बर्षको पहिलो महिनामा भने लक्ष्य भन्दा ३ अर्ब,१८ करोड,३२ लाख ३ हजार बढी राजश्व असुली गरेको हो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भएपनि चालु आर्थिक बर्षमा इन्धन लगायतका सवारी साधनहरुको पनि आयात बढेकाले राजश्व असुली कार्य संतोषजनक भएको भन्सारका अधिकारीहरुले बताएका छन् । अघिल्लो आर्थिक बर्षमा भने कोरोना संक्रमण र निषेधाज्ञा कारण वीरगन्ज भन्सारलाई लक्ष्य भेट्टाउन मुस्किल परेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग