मन्त्री यादवले पदभार ग्रहण गर्दै



वीरगन्ज,१६ भाद्र । प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा फेरबदल गरिएका मन्त्री विजय यादवले पदभार ग्रहण गर्नुभएको छ ।

यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हालु भएको हो । त्यस अवसरमा मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका थिए।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा हेरफेर गर्नुभएको थियो ।

मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरिसक्नु भएको छ । तर, अर्थमन्त्रीबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री यादवले बल्ल आजबाट जिम्मेवारी सम्हालु भएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान