पोखरीको डिल भत्किएपछि पाखेरीको माछा भागे
रामेश्वर मेहता
सिम्रौनगढ,१६ भाद्र । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठुलो इटवालको पोखरीको डिल भत्किएपछि पाखेरीको माछा भागेको छ । केहि दिन अगाडी लगातार परेको पानीले धोबिनिया पोखरीको डील भत्किएपछि माछा भाग्दा लगभग सात लाख रुपैया बराबरको क्षती भएको दाबी गरिएको छ । करिब १ बिघा ९ कठा १ धुर क्षेत्रफल भएको सो पोखरीमा रोहु नैनी ,बिगहेड ,सिल्भर , भकुरा , ग्रास कार्फ को भुराहरु राखिएको पोखरीका ठेकदार खगेन्द्र प्रसाद गुप्ताले जानकारी दिनुभयो । उहाँले सिम्रौनगढ नगरपालिकाले २० लाख ५५ हजारमा पाच बर्षका लागी ठेक्कामा लगाएको बताउनुभयो ।