पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ मा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न



प्रमोद यादव
पर्सा,१६ भाद्र । पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ मा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको छ । पकाहामैनपुर गाँउपालिका अध्यक्ष अकलेश साहको अध्यक्षता एवं केन्द्रिय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जितेन्द्र चौहानको नेतृत्वमा सय जना पार्टी प्रवेश गरेको दाबी गरिएको छ । स्थानिय शंकर ठाकुर, राजकुमार राउत, सलिम मियाँ, राजु साह लगायतले जसपा परित्याग गरी एमाले प्रवेश गरेको अध्यक्ष साहले दाबी गर्नूभयो । कार्यक्रमलार्य नेता राजकुमार गुप्ताले संबोधन गर्नुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,जिल्ला अध्यक्ष प्रभु हजरा,सचिव मनोज गुप्ता, महानगर अध्यक्ष बिश्वमर शर्मा,जिल्ला कमिटी सदस्य संजिव मिश्र, बिकाश पाण्डे, युवा संघ पर्साका अध्यक्ष महम्द निजाम, खेलकुदका केन्द्रिय सचिव रामकिसोर सिंह पराग, युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, गाँउपालिका सचिव राजेश सहनी,युवा संघका गाँउपालिका अध्यक्ष मनिष यादव,सचिव दिनेश साह कानु, पोखरीया युवा संघका सचिव मनिर आलम,स्काउटका अध्यक्ष भगवानलाल पटेल लगायतको सहभागिता रहेको साहले जानकारी दिनुभयो ।
यसैबीच पर्साको पर्सागढी नगरपालिका वडा न ९ बडेर्वामा नेपाल कम्युनिस्ट पाटी एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा न ९ का वडा अध्यक्ष रामनारायण गौरोको अध्यक्षतामा भएको कार्यक्रमापाटीका अगुवा नेता गोकर्ण पाठकको प्रमुख अतिथियमा कार्यक्रमको सन्चालन नारायण दवाडी,ले गरेको थियो ,स्वागत मन्तव्य गौरी शंकर महतो,ले गरेको थियो । नगरको हरेक गतिविधि निगरानी गर्ने र स्वतन्त्र एव निष्पक्ष बनाउन ,भ्रष्टाचार विभेद,रोकने जनतालाई सहज सेवा उपलब्ध गराउने जस्ता विषयमा छलफल भएको पर्सागढीका युवानेता गोकर्ण पाठकले बताएको छन् भेलामा एक सय पचास जनाको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान