अमिताभ बच्चन, अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी फिल्म सुटिङलाई नेपाल आउँदै



 

काठमाडौ,१७ भदौ,  । बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा फिल्म सुटिङका लागि अक्टोबर पहिलो साता नेपाल आउने भएका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचार्ई’ छायांकनका लागि उनीहरु नेपाल आउन लागेको फिल्मको नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले नेपाल प्रेसलाई जानकारी दिएको छ ।

अक्टोबर ५ मा काठमाडौंदेखि सुरु हुने सुटिङ लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने भएको छ । सुटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले संचार मन्त्रालयसँग अनुमति मागेको छ । अमिताभ बच्चन काठमाडौंसम्म आइपुग्ने भएपनि स्वास्थ्यका कारण हिमाली भेगमा सुटिङका लागि जाने वा नजाने निश्चित नभैसकेको कम्पनीका एक सदस्यले जानकारी दिए ।

सुटिङ र यात्रा गरेर फिल्म युनिट एक महीना नेपालमा रहने भएको छ । फिल्म छायांकन नेपालमा हुने जानकारी दुई बलिउड वेबपोर्टल कोइमोइ र पिंकभिल्लाले पनि दिएका छन् । फिल्ममा नीना गुप्ताको पनि मुख्य भूमिका हुने जनाइएको छ ।

मित्रताको कथा प्रस्तुत गर्ने फिल्मको सम्पूर्ण छायांकन र पोस्टप्रोडक्सन २०२२ जनवरीमा सक्ने लक्ष्य छ । यो फिल्ममार्फत सुरज र अमिताभले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । अर्को वर्षको मध्यदेखि फिल्मलाई हलमै रिलिज गर्ने तयारीमा सुरज छन् ।शौ— नेपाल प्रेस


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वीरगन्ज चिनी कारखाना, सरकारले सन्चालनमा ल्याउने घोषणा गरेपछि यस क्षेत्रका किसानहरु खुशी
तौलका कारण ट्रोल भएकी हरनाज सन्धुको फेरियो रुप, थाई हाई स्लिट ड्रेसमा देखिइन् गर्जियस
चैती छठ पर्वको मुख्य दिन आज सझिया घाट अस्ताउदो सुर्यलाई अर्घ दिईदै
पर्सा ठोरीको १५० वर्ष पुरोना वस्ती शीकारीवासमा स्वास्थ्य सेवा सन्चालन