पर्साको एक स्थानीय पालिका सहित प्रदेश २ का चार स्थानीय तहलाई एक ,एक वटा र नेपाली सेनालाई एउटा वारुणयन्त्र हस्तान्तरण



कृष्णउदास खनाल
वीरगन्ज,१७ भाद्र । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पर्साको एक स्थानीय पालिका सहित प्रदेश २ का चार स्थानीय तहलाई एक÷एक वटा र नेपाली सेनालाई एउटा वारुणयन्त्र हस्तान्तरण गरेको छ ।

मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ का चार स्थानीय तहलाई एक÷एक वटा र नेपाली सेनालाई एउटा वारुण यन्त्र हस्तान्तरण गर्नुभएको हो । मन्त्रालयबाट वारुण यन्त्र प्राप्त गर्ने स्थानीय तहहरूमा पर्साको सखुवा पसौनी गाउँपालिका सहित धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, महोतरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासलाई समेत एउटा वारूण यन्त्र हस्तान्तरण गरेको हो ।

सो क्रममा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार जयसवाल,धनुषाको गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव,सम्सी गाउँपालिकाका अध्यक्ष नगिनादेवी यादव, रामगोपलपुर नगरपालिकाका नगरप्रमुख अशोककुमार मण्डल र नेपाली सेनाका प्रतिनिधीलाई वारुणयन्त्र हस्तान्तरण गरिएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान