रौतहटमा १५ वर्षकी किशोरी सामूहिक बालात्कारको शिकार भएको घटना सार्वजनिक
नारायणी डेक्स
वीरगन्ज,१७ भाद्र । रौतहटमा १५ वर्षकी किशोरी सामूहिक बालात्कारको शिकार भएको घटना सार्वजनिक भएको छ । माधवनारायण नगरपालिकाकी एक किशोरीमाथि मंगलबार सामूहिक बालात्कार भएको प्रहरीले जनाएको छ ।
बालात्कार गरेको आरोपमा सोही नगरपालिका वडा नम्बर ३ बस्ने किशन सहनीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एव प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
घाँस काटन गएकी ती किशोरीलाई सहनीसहित तीनजनाले डर त्रास देखाई जबरजस्तीकरणी गरेका थिए । जबरजस्ती करणी गरेको भनि किशोरीले पहिचान गरेको आधारमा सहनीलाई पक्राउ गरिएको भण्डारीले बताउनुभयो । घटनामा संलग्न रहेका अन्य दुई जनाको पहिचान भईसकेको तथा उनीहरुको खोजी कार्य भईरहेको उहाले बताउनुभयो ।