वीरगन्जमा कोरोना संक्रमतिको संख्या सुन्य
कृष्णउदास खनाल
वीरगन्ज,१८ भाद्र । वीरगन्जमा गरिएको कोरोना परिक्षणमा संक्रमतिको संख्या सुन्य रहेको छ । हिजो ३९ जनाको पिसिआर परिक्षण गर्दा एकजनामा पनि संक्रमण पुष्टी नभएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । गएराति सार्वजनिक गरिएको विवरण अनुसार नारायणी अस्पतालमा पछिल्लो पटक गरिएको परिक्षणमा कसैमा पनि संक्रमण पुष्टी नभएको हो । यसअघि हिजो भने करिब डेढ महिनापछि एकजना कोरोना संक्रमितको निधन भएको थियो भने हिजो नै ५३ जनाको पिसिआर परिक्षण गर्दा पर्साका एक ५० बर्षीय पुरुषमा मात्रै संक्रमित पुष्टी भएको थियो ।