पर्साको जिराभवानी गाउँ पालिकाबाट लागुऔसध नाइट्रोभेट ट्याबलेट सहित तीन जनालाइ पक्राउ



कृष्णमोहन साह
सेढवा,१८ भाद्र । पर्साको जिराभवानी गाउँ पालिकाबाट प्रहरीले लागुऔसध नाइट्रोभेट ट्याबलेट सहित तीन जनालाइ पक्राउ गरेको छ ।

प्रहरी चौकी महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक जितन प्रसाद यादवको नेतृत्वमा रहेको प्रहरी टोलिले नियमित चेकजाँचको क्रममा जिराभवानी गाउँपालिका वार्ड नम्बर एकको ओरिया खोला नजिक चेकजाँच गर्ने क्रममा ना. ३० प. ४६९२ नम्बरको मोटरसाइकलमा तीन जना सवार भइ भारतको भङ्गहा बाट आउदै गरेका ठोरी गाउँपालिका वार्ड नम्बर ५ बस्ने ३१ बर्षका पुस्प गुरुङ ,सोही स्थान बस्ने २५ बर्षका अनिल उपाध्याय र सोही ठाउँका २० बषीय निरास लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ३०० पिस नाइट्रोभेट ट्याबलेट बरामद गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो । पक्राउ गरिएका तीनै जनालाइ आवश्यक कार्वाहीको लागि मोटरसाइकल र लागुऔसध टयाबलेट सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान