ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
माधव तिमिल्सिना
ठोरी,२४ भाद्र । पर्साको ठोरी गाउपालिका वडा नम्बर ३ ब्रम्हानगरमा रहेको ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण गरिएको छ । प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रम अन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत ८ जना छात्राहरुलाई साइकल वितरण गरिएको प्रधानाध्यापक सुर्य बहादुर खड्काले जानकारी दिनुभयो । विद्यालय प्राङ्गणमा आयोजित साइकल वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा श्रेष्ठ, वडा नम्बर ३ का वडा सदस्य देवलाल श्रेष्ठ , शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ लगायतको पनि सहभागीता रहेको थियो ।