पर्साको ग्रामीण भेगको जनता सडकमा पर्ने खोलाहरुमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती,



वीरगन्ज,५ असोज । पर्साको ग्रामीण भेगको जनता सडक अन्तगर्त पर्ने मनवा बजार देखी रंगपुरटाडी सम्मको सडक खण्डमा पर्ने विभिन्न खोलामा पुल नबन्दा उतm सडक भएर चल्ने सवारी साधन र स्थानीयवासीलाई सास्ती भोग्नु परेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका २ रंगपुर नजिक बंकुल खोलामा पुल बनाउन सर्भे भएपनि हालसम्म पुल निर्माण हुन सकेको छैन ।

पुल नबन्दा उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन र स्थानीयवाीले सास्ती भोग्नुपरेको हो । वर्षाको समयमा खोलामा बाढी आएका बेला साना तीन पांग्रे , चार पाङग्रे गाडी र मोटरसाईकललाइ आवतजावतमा समेत कठीनाई हुने गरेको स्थानीयको गुनासो छ । त्यसैगरी जनता सडकखण्ड अन्तर्गत नै सखुवापर्साैनी गाउँपालिका १ मा पर्ने सियरही खोला र जमुनिया खोलामा पनि पुल निर्माण नहुँदा ग्रामीण भेगको धेरै जसो स्थानका स्थानीयवासी मर्कामा परेका छन् ।

खोलामा पुल निर्माणका लागि पालिकाका जनप्रतिनिधी , प्रदेश सांसद र संघीय सांसद सबैलाइ पटक पटक आग्रह गर्दै आएको भएपनि कसैले पनि सुनुवाइ नगरेको स्थानीयको गुनासो छ । चुनावका बेला भोट माग्न आउने नेताहरुले पुल बनाइ दिने आश्वासन दिने तर जितेर गइसकेपछि जनताको पिडा बिर्सि दिने गरेको स्थानीयले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन