मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गर्यो



तिवारी यादव
वीरगन्ज,५ असोज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीमा रहेको मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ । गत असोज २ गते ३२ बर्षीय चाँदतारा खातुनको पाठेघरको निशुल्क शल्यक्रिया भएकोमा आज उहाको डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

अति नै विपन्न परीवारकी सदस्य रहेकी खातुनको पाठेघरमा मासु पलाएर रक्तश्राव भइ स्थिति बिग्रिदै गएपछि अस्पताल मै भर्ना गरेर निशुल्क शल्यक्रिया गरिएको मल्टी स्पर्श स्पेशिटी अस्पतालका चिकित्सक डा. राजेश साहले जानकारी दिनुभयो ।

उहाँले पहिलो पटक खातुनलाई कलैयाको एभरेष्ट हेल्थ सिटि क्लिनिकमा चेकजाँच गरेपछि आर्थिक अवस्था कमजोर भएकै देखिएपछि मल्टी स्पर्श स्पेशलिटी अस्पतालमा बोलाएर निशुल्क शल्यक्रिया गरीएको बताउनुभयो । डा.साहले बिरामीको आर्थिक अवस्था कमजोर भएको चिकित्सकलाई जानकारी गराएपछि चिकित्सकको धर्म अनुसार निशुल्क शल्यक्रिया गरी बिरामीको ज्यान बचाईएको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान