उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान
क्रान्ति साह
वीरगन्ज,५ असोज । उपकार सेवा नेपालले पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान गरेको छ । लोसपाका नेता एंव सामाजिक अभियन्ता ओम प्रकाश सर्राफको पहलमा उपकार नेपालले वीरगन्ज महानगरपालिका १६ नगवा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्याललाइ १० थान र बाराको खुटवा प्रसानीमा रहेको टोर्नाडोबाट क्षति पुगेको नेपाल राष्टिय प्राथमिक विद्यालयलाइ ५ थान पंखा प्रदान गरेको हो । आज दुवै विद्यालयमा पुगेर संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीले पंखा सम्बन्धि विद्यालयका शिक्षकलाइ हस्तान्तरण गर्नु भएको सर्राफले जानकारी दिनुभयो ।