नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



वीरगन्ज,५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।९ हजार ६ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३० जना निको भएका छन् ।योसंगै नेपालमा ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ रहेको छ् ।

जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जनाको आईसीयूमा र १०७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान