नेपाल रेडक्रस सोसाईटी पर्साद्वारा वीरगन्ज कारागार र मानव सेवा आश्रममा मास्क वितरण



वीरगन्ज,६ असोज । नेपाल रेडक्रस सोसाईटी पर्साले आज वीरगन्ज कारागार र मानव सेवा आश्रममा मास्क वितरण गरेको छ । सामाजिक सेवा दिवसको अवसरमा रेडक्रस पर्सा शाखाले आज वीरगन्ज कारागारका कैदीबन्दीहरुको लागि दुईहजार पाँचसय पिस मास्क वितरण गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी प्रदेश २ का अध्यक्ष पूmल महम्मद मियाँ र पर्सा शाखा सभापति विरेन्द्रराज कडेँलले संयुक्त रुपमा कारागारका कैदीबन्दीहरुको लागि कारागारका नासु नवराज बर्तौलालाई मास्क हस्तान्तरण गर्नुभएको हो । यस्तै मानव सेवा आश्रममा पनि स्वास्थ्य सामग्री वितरण गरेको छ । मानव सेवा आश्रममा एक कार्टुन साबुन र पाँचस पिस मास्क वितरण गरेको छ ।

रेडक्रस सोसाईटी पर्साकी उपसभापति मधु राणाको नेतृत्मवमा, मन्त्री शैलेन्द्र चौरसिया सहितको टोलीले मानव सेवा आश्रममा एक कार्टुन साबुन, पाँचसय मास्क वितरण गरिएको रेडक्रस सोसाईटी पर्सा शाखाका उपमन्त्री साविर अहमद एराजले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन