सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्द



एजेन्सी,५ असोज । संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा यो वर्ष दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ ।
वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको हो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि अहिलेलाई रद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ ।
काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको स्रोतले बतायो । हरेक वर्ष हुने सो बैठकमा सार्कमा विद्यमान चुनौती र सहकार्यमा केन्द्रित हुने गरेको थियो । यस अगाडि भारत र पाकिस्तानको तनावको कारण कमजोर बनेको सार्कमा अब अफगानिस्तानको समस्या पनि थपिएको छ ।शौ—Imagekhabar


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने