सीमा क्षेत्रमा सुरक्षा बनाउन भन्दै सशस्त्र प्रहरीद्धारा पर्सामा बिओपीको स्थापना
वीरगन्ज,६ असोज । पर्सा जिल्ला अन्तर्गत नेपाल–भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट बिओपी भवन निर्माण गरिएको छ ।
सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करिब एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वार्टर प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिएनुभयो । भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन् ।
उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निमार्णपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप सजिलो हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । यस अगावै उक्त स्थानमा बोर्डर आउट पोष्टका आफ्नै भवन नहुँदा पुराना र जिर्ण अवस्थामा रहेका सरकारी तथा सार्वजनिक भवनमा गुजारा चलाइँदै आएको थियो ।
जिल्लामा कूल १८ बिओपीमध्ये अझै पनि १० बिओपी अन्यको भवनमा सञ्चालनमा छन् । सीमा सुरक्षा र सीमामा हुने गलत कृयाकलाप नियन्त्रणमा ल्याउनका लागि सशस्त्र प्रहरीको बिओपी थपिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो ।