पर्साका किसानहरु भदैया धान भित्र्याउन व्यस्त



क्रान्ति साह
वीरगन्ज,७ असोज । पर्सा जिल्लाका किसानहरु अहिले पाकेर तयार भएको भदैया धान भित्रयाउनमा व्यस्त भएका छन् । खेतमा लगाएको भदैया धान पाकिसकेकाले किसानहरु भदैया धान भित्रयाउनमा लागेका हुन् । गत वर्ष भन्दा यस वर्ष भदैया धान राम्रो फलेकाले किसानहरु हर्षित भएका छन । गएको वर्ष भन्दा यस वर्ष भदैया धान राम्रो भएको किसानहरुको भनाइ छ ।

पर्साको धोबीनी गाँउपालिका ४ का किसान हरिशंकर कुर्मीले यस बर्ष भदैया धान राम्रो भएकाले प्रतिकठ्ठा दुई क्विन्टल धान उत्पादन भएको बताउनु भयो । उहाले आफूले गएको वर्ष लगाएको भदैया धान प्रतिकठ्ठा मुश्किलले डेढ क्विन्टल उत्पादन भएकोमा यस वर्ष भने दुई क्विन्टल फलेको बताउनुभयो ।

उहाले सरकारले समयमै मल र बीउबिजन उपलब्ध गराएको खण्डमा उत्पादन अझ बढ्ने भएकाले किसानहरुलाई समयमै मल र बीउबिजन उपलब्ध गराउनुपर्ने.माग गर्नु भयो । पर्सा जिल्ला भरिमा यस वर्ष कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

जस मध्ये भदैया धान मात्रै ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा किसानहरुले लगाएको कृषि ज्ञान केन्द्र पर्साका बाली संरक्षण अधिकृत समसुल मिया दर्जीले जानकारी दिनु भयो ।यसैबिच सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

४ दिन अघि बसेको मन्त्रीपरिषद बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैया र मध्यम धानको २ हजार ९ सय २ रुपैयाँ तोकेको हो ।कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले धानको समर्थन मुल्य तोकेको हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को तुलनामा यस पाली प्रतिक्विन्टल १७ रुपैया मात्रै बढी मूल्य तोकिएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग