सुगौली गाउँ पालिकाको सातौ गाउँ सभा सम्पन्न
प्रमोद यादव
वीरगन्ज,७ असोज । पर्साको पटेर्वा सुगौली गाउँ पालिकाको आयोजनामा गाउँपालिका कै प्राङ्गणमा गाउँ पालिकाको सातौ गाउँ सभा आज सम्पन्न भएको छ । कार्यक्रम गाउँ पालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षता सम्पन्न भएको हो । सो क्रममा पालिकाको तर्फबाट आर्थिक वर्ष २०७८÷०७९ को कुल बजेट ३६ करोड ८९ लाख २६ हजा र९ सय १३ रुपैया प्रश्तुत गरिएको छ ।
बजेटले शिक्षा, स्वास्थ, कृषि, पुर्वाअधार, खानेपानी, समाजिक विकास र सार्वजानिक मठ मन्दिर धार्मिक एवम् ऐतिहासिक संरक्षण लगायतलाई जोड दिएको गाउँपालिकाका प्रमुख प्रशाककीय अधिकृत भुजेन्द्र प्रसाद यादवले बताउनुभयो ।
कार्यक्रममा गाउँ पालिकाकी उपाध्यक्ष ममता महतो,वडा अध्यक्षहरु फरमान मिया, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतिलाल साह, स्थानीय पत्रकार प्रमोद यादव र गाउँ पालिकाको कार्यपालिका सदस्य, वडा सदस्य एवम् पालिकाको कर्मचारीहरु लगायत ५० जनाको सहभागिता रहेको उतm कार्यक्रम शम्भु साहको संचालनमा सम्पन्न भएको हो ।