बारामा करेन्ट लागेर एकजना युवकको ज्यान गयो
जय यादव बारा
बारा,७ असोज । बारामा आज बिहान करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका–७ का ३४ बर्षीय सर्फुदिन मियाँको करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका मियाँको उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । बिहान करिब साढे आठ बजे करेन्ट लागेर घाईते भएका मियाँको साढे नौ बजे ज्यान गएको हो ।