नेपाल भारत सीमा नाका खोल्ने मन्त्री परिषदले गरेको निर्णय व्यवहारिक कार्यान्वयनमा अझै आउन सकेका



वीरगन्ज,९ असोज । नेपाल भारत सीमा नाका खोल्ने मन्त्री परिषदले गरेको निर्णय व्यवहारिक कार्यान्वयनमा भने अझै आउन सकेको छैन । लामो समयदेखि बन्द रहेको सीमा नाका असोज ५ गते मंगलबारको मन्त्री परिषदको बैठकले सबै सीमा नाका खोल्ने निर्णय गरेको थियो । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७७ चैत ११ गतेदेखि सीमा नाका बन्द गरेको थियो ।

असोज ५ गते भएको मन्त्रीपरिषदको निर्णय प्रकृयागत रुपमा गृह मन्त्रालय मार्फत ७७ वटै जिल्लामा आईपुग्न समय लाग्दा सीमा खुला हुनेमा अन्योलता देखिएको छ । गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुमा सीमानाका सहज बनाउन सहजीकरण गर्नेे परिपत्र आईसकेको छ ।

तर, भन्सार विभाग मातहतका भन्सार कार्यालयहरुमा परिपत्र नआउँदा नाका खोल्ने विषयमा अन्योलता देखिएको हो । भारतीय सवारी साधनको हकमा भन्सार पास कटाएर आउनुपर्ने भएकोले भन्सार विभागले भन्सार कार्यालयहरुलाई परिपत्र नगर्दा सीमा नाकाबाट भारतीय सवारी सधान आउन अझै समय लाग्ने भएको हो ।

वीरगन्ज आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले भन्सार विभागबाट भारतीय सवारी साधनलाई प्रवेश गर्न दिईने अस्थायी पास जारी गर्ने निर्देशन नआएको बताउनुभयो । भारतीय सवारी साधन नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमा अस्थायी प्रवेश अनुमति लिएर मात्रै आउन पाउने व्यावस्था छ ।

तर, भन्सार विभागले अस्थायी प्रवेश अनुमति जारी गर्न भन्सार कार्यालयलाई निर्देशन नदिएसम्म भन्सार कार्यालयले अस्थायी प्रवेश अनुमति दिन नसक्ने प्रमुख भन्सार प्रशासक अर्याले बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलेपनि सीमा नाका खोल्ने विषयमा गृहमन्त्रालयसँग समन्वय भईरहेको बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले पनि नेपाल भारत सीमा नाकाबाट भारतीय सवारी साधन नेपाल आउन दिने प्रकृया शुरु भएको र भन्सार कार्यालयमा हुने प्रकृयाको विषयमा भन्सार विभागसँग पनि समन्वय भईरहेको जानकारी दिनुभयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग