चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा



वीरगन्ज,९ असोज । चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गएको वर्षको २ महिनामा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । भन्सार विभागका अनुसार गएको वर्षको २ महिनाको तुलनामा व्यापार घाटा ७० दशमलव ७५ प्रतिशतले हो । आयातसँगै निर्यातमा वृद्धि भएको छ ।

भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा १ सय १५ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्कअनुसार दुई महिनामा ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार रपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार रुपैयाँ बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ । २ महिनामा भारतमा ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा १५ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल
मधेश प्रदेशको ४६ अर्ब ८८ करोड बजेट सार्वजनिक(पूर्णपाठ)