नेकपा एकीकृत समाजवादी पार्टी वीरगन्ज महानगर वडा नम्बर २१ मा कमिटि गठन



वीरगन्ज,२४ असोज । नेकपा एकीकृत समाजवादी पार्टी वीरगन्ज महानगर वडा नम्बर २१ मा कमिटि गठन भएको छ । महानगरपालिकाको वडा नम्बर २१ परवानीपुरमा भएको बृहत् वडा भेलाले वडा नम्बर २१ को कमिटि गठन गरेको हो ।

राज महमादको अधक्षतामा ५२ सदस्यीय वडा कमिटी चयन भएको युवा संघ नेपालका पर्सा इन्चार्ज अनिल पटेलले जानकारी दिनुभयो । पार्टीका जिल्ला सचिवालय सदस्य मन्जुर आलमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामचन्द्र साह, प्रदेश कमिटि सदस्य किशोरी कुश्वाहा, जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर अध्यक्ष मनोज चौधरी, युवा संघका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य अनिल पटेल, सदन कुर्मी, जलेंद्र कुर्मी, सुरेश महतो, लगायत मंतब्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण राज महम्मद गरेको थियो । स्वागत मंन्तव्य धर्मशिला कुश्वाहाले राख्नुभएको थियो । कार्यक्रममा महिला, पुरुष र युवा गरी दुईसयको संख्यामा उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान