अमेरिकामा एकै दिन सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।



असोज ९ बिरगन्ज  अमेरिकामा एकै दिन सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार त्यहाँ २४ घण्टाको अवधिमा १ लाख १५ हजार ६५६ जनामा संक्रमण पुष्टि भएको हो।

अमेरिकामा अघिल्लो दिन मात्रै १ लाख ३० हजारभन्दा धेरैमा संक्रमण पाइएको थियो। ठूलो संख्यामा नागरिकलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको अमेरिकामा पुनः अनपेक्षित रुपमा संक्रमितहरु फेला पर्न थालेका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७२५ जना संक्रमितले ज्यान गुमाएका छन्। अमेरिकापछि बेलायतमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन्। त्यहाँ एकै दिन ३५ हजार ६०० भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा १८० जनाको मृत्यु भएको छ। यसैगरी भारतमा साढे २९ हजार संक्रमित भेटिँदा २९१ जनाको मृत्यु भएको छ। ब्राजिलमा १९ हजार ४०० मा संक्रमण पुष्टि हुँदा ६४५ जनाले ज्यान गुमाएका छन्।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने