बाराको बरियारपुरमा रहेको तीनवटा पसलमा आगलागी
बिरगन्ज,११ असोज । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा गएराती तीनवटा पसलमा आगलागी भएको छ । स्थानीय बिश्वनाथ कुश्वाहाको मोबाइल पसल, जितेन्द्र कुश्वाहाको टी.भी पसल र उपेन्द्र गुप्ताको पसलमा आगलागी भएको हो । आगलागीबाट दुई लाख ७० हजारको धनमाल जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो । गएराती साढे एक बजे विद्युत शर्ट भएर भएको आगलागी दमकल र प्रहरीको सहयोगमा दुइघण्टा पछि नियन्त्रणमा आएको थियो ।