बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु



वीरगन्ज,१२असोज । बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका छातापिपराका २० बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । भदौ २५ गते कडा खालको निमोनिया देखिएका उनलाई असोज ५ गतेसम्म एएमसी अस्पतालमा उपचार गरिएको थियो । असोज ६ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएकोमा गएराति पौने दश बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनाराण सिंहले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन