महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी



वीरगन्ज,१२असोज । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह हुनुपर्ने बताउनु भएको छ । मानव स्वास्थ्यको विकास नभई अन्य विकासको कुनै औचित्य नहुने बताउदै नगर प्रमुख सरावगीले स्वास्थ्य, शिक्षा र मानवता महानगरपालिकाको प्राथामिकतमा रहेकोले स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने बताउनुभयो ।

युनिसेफ नेपाल र काठमाडौ मेडिकल कलेजको आयोजनामा र बिरगंज माहानगरपालिकाको सहकार्यमा आईतबारदेखि सुरु भएको दुई दिने प्राथमिक स्वास्थ केन्द्रसम्बन्धि दुईदिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख बिजय कुमार सरावगी नागरिकले स्थानीय सरकार आएपछि घरदैलो मै प्रभावकारी स्वास्थ्य सेवाको अपेक्षा गरेकोले सोही अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले तालिम र प्रशिक्षणले कर्मचारीहरुलाई अझ दक्ष बनाउने र यसले सेवा प्रवाहमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतो, स्वास्थ्य संयोजक ऋतेश जयसवाल, युनिसेफका प्रतिनिधिहरु लगायत महानगरपालिकाका स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन