भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो



कृष्णमोहन साह
जिराभवानी,१२असोज । पर्साको जिराभवानी गाउँपालिकासँग जोडिएको सीमा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादती दिनप्रतिदिन बढदै गएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टीको सीमा नाकामा पर्ने भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

एसएसबिले नेपालीहरुलाई भारत जाने क्रममा विभिन्न बहानामा रोक लगाएका छन् । नेपाली नागरिकलाई भाङ्गगाहा बजार जानलाइ नेपाली नागरिताको प्रमाणपत्र र मतदाता परिचयपत्र लिएर जानेलाई मात्र पैदल जान दिएको स्थानीयले बताएका छन् ।

नेपालीहरुलाई भारतीय एसएसबीले लाइन लगाएर मात्रै भङ्गगहा बजारमा जान दिएको स्थानीय नेसार समानीले जानकारी दिनुभयो । भारतीय सीमा सुरक्षा बलले सुरक्षा सतर्कताका लागि परिचय पत्र हेरेर मात्रै जान दिने विषयमा अनौपचारिक जानकारी पाएको र त्यस विषयमा जानकारी लिन बाँकी रहेको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।

उहाँले आपसी सहमतिपछि मात्रै कार्यान्वयन गर्ने कुरा गरिएको र बाँकी विषयमा भने बुझेरा जानकारी गराउने सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन