विद्रोहीको आक्रमणमा परी उत्तरी नाइजेरियामा २२ सुरक्षाकर्मीसहित ५६ जनाको मृत्यु



एजेन्सी,१२असोज । उत्तरी नाइजेरियाका विभिन्न राज्यहरुमा भएका श्रृंखलावद्ध आक्रमणमा दर्जनौ सर्वसाधारण मारिएका छन् ।उत्तरपश्चिम राज्य कड्डुना राज्यको एउटा गाउँमा बन्दुकारीले आक्रमण गर्दा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।आक्रमणमा परेर सात जना घाइते भएको बीबीसीले जनाएको छ ।

बन्दुकधारीको अज्ञात समूहको आक्रमणमा कौराको मदमाई गाउँमा आक्रमण गर्दा ३४ जनाको मृत्यु भएको त्यहाँका राज्य सुरक्षा आयूक्त शमूएल अरुवानले बताएका छन् । यस्तै उत्तरपश्चिमी सोकोटा राज्यमा २२ जना नाइजेरियाली सुरक्षाकर्मी मारिएका छन् ।राज्य विधानसभाका सदस्य अमीनु गोबीरले आइतबार १७ जना र सोमबार थप पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन् ।

मारिनेहरुमा १४ सैनिक, पाँच प्रहरी र अन्य तीन जना नागरिक सुरक्षा बलका अधिकारी रहेको बताइएको छ ।आक्रमणलगत्तै सुरक्षाकर्मीले केही संधिग्दहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले चर्चमा भेला भएका सर्वसाधारणलाई निशाना बनाएको समाचारमा जनाइएको छ ।सरकारी अधिकारीहरुले सो आक्रमण इस्लामिक स्टेट समर्थित लडाकूहरुको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।इस्लामिक स्टेट सन् २०१६ देखि अफ्रिकाका विभिन्न क्षेत्रमा संक्रिया रुपमा सशस्त्र संघर्ष गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने