असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने
वीरगन्ज,१३ असोज । प्रदेश २ मा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको छ ।अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उहासँग स्पष्ट बहुमत रहेको छ ।अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ ।