निजगढमा अन्तरनगर स्तरीय वडा अध्यक्ष कप नकाउट फुटबल प्रतियोगिता हुने



वीरगन्ज,१३ असोज । बाराको निजगढमा अन्तरनगर स्तरीय वडा अध्यक्ष कप नकाउट फुटबल प्रतियोगिता–२०७८ खेल सुरु हुने भएको छ। वडादशै २०७८ को उपलक्ष्यमा रतनपुर युनाइटेड युथ क्लब द्वारा आयोजित प्रतियोगिता निजगढ ११ रतनपुर मा.वि.को खेल मैदानमा हुनेछ ।

असोज १९ गतेबाट सुरु हुने सो प्रतियोगिता कोरोना महामारीसगै थला परेको खेलकुदको अबस्थामा सुधार ल्याउन खेलकुद विकास तथा प्रवर्द्धन हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ खेलाइन लागेको हो ।

जिल्ला फुटबल सँघ बाराका महासचिव सियाराम कुवरले खेलमा जम्मा ९ वटा टिम रहने बताउदै जीतपुरसिमरा, चन्द्रपुर, गुजारा, वकुलिया, बीरगंज युनाइटेड , बिरगंज र आयोजक क्लबहरु सहभागी हुने बताईएको छ । खेलमा प्रथम हुनेलाई नगद  पचास हजार सहित ट्रफी र दोश्रो हुनेलाई नगद  तीस हजार सहित ट्रफि पुरस्कारको व्यवस्था गरिएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत
हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तान नियुक्त
आइसिसी विश्वकप लिग–२ नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै