निर्मल समाज युवा क्लब ठोरी –४ विजयी



माधव तिमिल्सिना
ठोरी,१३ असोज । पर्साको ठोरी –४, विजयवस्तीमा जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपको पाँचौ दिन बुधबारको खेलमा निर्मल समाज युवा क्लब ठोरी –४ विजयी भएको छ ।

बिजयवस्ती खेल मैदानमा सम्पन्न प्रतियोगितामा निर्मल समाजले हेटौंडा फूटबल एकेडेमीलाई ० का विरुद्ध ३ गोल गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो ।निर्मल समाजको तर्फबाट विदेशी खेलाडी म्याक्सवेलले मध्यान्तर अघि २ गोल गरेका थिए। यस्तै मध्यान्तर पछि निर्मल समाज क्लबका तर्फबाट खेलेका अर्का विदेशी खेलाडी फोर्डफुवनले १ गोल गर्दै गोल अन्तर फराकिलो पारेका थिए। वर्षाको कारण खेल प्रभावित बनेको थियो।
आजको खेलमा निर्मल समाजको तर्फबाट खेलेका म्याक्सवेल म्यान अफ द म्याच घोषित भएका थिए।
भोलीको खेल युवा प्रगति समाज सेढवा र बिएफसी चितवनबीच हुने आयोजकले जनाएको छ ।

विजयवस्ती खेल मैदानमा असोज २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेताले नगद रु २ लाख सहित ट्रफी र उपबिजेताले नगद रु १ लाख सहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत
हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तान नियुक्त
आइसिसी विश्वकप लिग–२ नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै