पर्साको पटेर्वा सुगौली गाउँ पालिकाबाट काठ सहित एक प्रहरी गरि २ जना पक्राउ
प्रमोद यादव,
पचगावाँ,१४असोज । पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर २ बेलवामा तस्करीको काठ सहित एक प्रहरी गरि २ जना पक्राउ परेका छन् । मोटरसाइकलमा तस्करीको काठ ओसार्दै गरेको अवस्थामा प्रहरी जवान अमजद अलि र उनका सहयोगी मिन्टु भन्ने व्याक्ति पक्राउ परेका हुन् । पक्राउ परेका प्रहरी जवान अली ,जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत छन् ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी सहायक निरीक्षक सन्जय झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बेलावाबाट दुवै जनालाइ पक्राउ गरेको हो । प्रहरी जवान अलीले हाँकेको मोटरसाइकलमा पछाडि १ थान गोलीया काठ लिएर मिन्टु बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
काठ सहित पक्राउ परेका दुवै जनालाइ काठ र मोटरसाइकल सहित आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइ दिइएको खनालले जानकारी दिनुभयो ।