बिग्रिएको जेनेरेटर मिसिन बनाउने क्रममा आज बिहान एक मिस्त्रिको मृत्यु
प्रमोद यादव
पचगावाँ,१५ असोज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहारमा संचालित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी सस्थाको बिग्रिएको जेनेरेटर मिसिन बनाउने क्रममा आज बिहान एक मिस्त्रिको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नम्बर ३ निवासी ५० वर्षिय रामप्रसाद चौधरी रहेका छन् ।आज बिहान जेनेरेटर बनाउने क्रममा उनको मृत्यु भएपनि मृत्युको कारण भने खुल्न सकेको छैन ।
तर मृतकका आफन्तहरुले भने जेनेरेटर बनाउने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु भएको दाबी गरेका छन् । मृतकका परिवारलाइ क्षतिपुर्तिको ग्यारेन्टी नभए सम्म शवको पोस्टमार्टम गर्न नदिने भन्दै मृतकका आफन्तहरुले बिरोध गरेपछि स्थानीय जनप्रतिनिधि , सहकारी सस्थाका पदाधिकारी र राजनितीकर्मी बिच बार्ता भएको र वार्तामा सहकारी संस्थाले ७ लाख २५ हजार रुपैया उपलब्ध गराउने सहमति जनाएको छ ।
यस्तै मृतकका परिवारका एक जनालाई दुग्ध उत्पादक सहकारी सस्थामा रोजगारी दिने सहमती पनि भएको सहकारी संस्थाका अध्यक्ष जगरनाथ तिवारीले बताउनुभयो । वार्तामा सहमति भएपछि चौधरीको शव, प्रहरीले मुचुल्का उठाई पोस्टमाटमको लागि बिरगंज स्थित नारायणी अस्पतालमा पठाएको बिरुवागुठि प्रहरी चौकिका इन्चार्ज रासनारायण यादबले जानकारी दिनुभयो ।