चीनबाट सन् २०२१ भित्र साइनोफार्म कम्पनीको थप ७६ लाख डोज भेरोसेल खोप आउने



वीरगन्ज,१५ असोज । चीनबाट सन् २०२१ भित्र साइनोफार्म कम्पनीको थप ७६ लाख डोज भेरोसेल खोप आउने भएको छ । अनुदानको १६ लाख डोज यही अक्टोवर भित्र तथा खरिदको ६० लाख डोज आगामी डिसेम्बर भित्र नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुंगानाले बताउनुभयो ।

उक्त खोप हाल पहिलो डोज लगाएकाहरुका लागि दोस्रो डोजका रुपमा तथा यसअघि तोकिएकामध्ये खोप लगाउन छुटेकाहरुलाई पहिलो डोजको रुपमा दिइने खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो ।त्यस्तै कोभ्याक्स सुविधा अन्र्तगत करिव १ लाख डोज फाइजर खोप पनि यही अक्टोबर भित्र नेपाल आउँदैछ ।

उक्त खोप दीर्घरोग भएका व्यक्तिलाई उपलब्ध गराइने सरकारले जनाएको छ ।यसैविच, हिजो मात्रै मुलुकभर करिव ५ लाख जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा भेरोसेल खोपको मौज्दात करिव २२ लाख रहेको खोप शाखा प्रमुख दाहालले बताउनुभयो । आगामी चैत सम्ममा ५ करोड डोज खोप ल्याउने लक्ष्य रहेकाले सर्वै नागरकलाई खोपको पहुँचमा पु¥याउने सरकारले प्रतिवद्धता जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान
पाँचदेखि ११ वर्षसम्मका बालबालिकाको लागि २२ लाख फाइजर खोप आइतबार नेपाल आइपुग्ने
विश्व रक्तदाता दिवसको अवसरमा आज ब्लड डोनर्स एशोसियसन पर्साले रगतदान गर्ने व्याक्ति र रक्तदान कार्यक्रम आयोजना गरेका पर्सा र बाराका…
वीरगन्ज चिनी कारखाना, सरकारले सन्चालनमा ल्याउने घोषणा गरेपछि यस क्षेत्रका किसानहरु खुशी